सांस्कृतिक पर्यटनको उत्कृष्ट गन्तव्य | Tourism of Nepal-Tharu community of Dang



सांस्कृतिक पर्यटनको उत्कृष्ट गन्तव्य | Tourism of Nepal


     राप्तीको पर्यटनका लागि दाङ प्रवेशद्वारको रुपमा रहने भन्ने विषयमा समय समयमा विभिन्न बहस उठ्ने गरेका छन् । राप्ती पर्यटनका लागि बहस गर्ने हो भने दाङको देउखुरी उपत्यकलाई छोड्नै मिल्दैन । दाङ देउखुुुरी उपत्यकाको संगम नाम हो, मानव विकासको ऐतिहासिक तथा सास्कृतिक रूपमा निकै सम्पन्न मानिने दाङ जिल्लामा थारुहरुको वाहुल्यता छ । गैया बेह्रर्ना, गुुरै, अष्टिम्की, माघी र अटटारी आदि थारुहरुका उत्सव र अनुुष्ठान हुुन् । ३३ प्रतिशत थारुको बसोवास रहेको दाङमा थारुहरुका विविध सास्कृतिक उत्सव र अनुष्ठान छन् । यस्ता उत्सव तथा अनुुष्ठान सांस्कृतिक पर्यटनका आधार हुुन् । यद्यपी, यस्ता सांस्कृतिक पर्यटनका गन्तव्यको प्रवद्र्धन भने हुुन सकेको छैन

सरकारले पर्यटनका लागि केही बजेट विनियोजन पनि गरेको छ, यस आर्थिक वर्षको रातो किताबमा । थारुहरुको भूूइयाँर थान लगायतको संरक्षण गर्न साठी हजार एक थानको भए पनि पर्याप्त हुुन सकेको छैन । विगतमा केही बजेट आएको भएपनि त्यति व्यवस्थित हुुन नसकेको गुुनासाहरु आइरहेका छन् । तैपनि दाङको ग्रामीण पर्यटनलाई विकास गर्न केही प्रयत्नहरु भने भइरहेका छन् कछुुवा गतिमा ।
थारुका सांस्कृतिक सम्पदा पर्यटकीय गन्तव्यको आधार भए पनि बजारीकरण हुुन सकेको छैन । संरक्षण संवद्र्धन र प्रवद्र्धनको अभावमा थारु लोक कला संस्कृतिहरु हरादै जान थालेका छन् । थारु समुुदाय सांस्कृतिक रुपमा निकै सम्पन्न छ । सांस्कृतिक पर्यटन गर्न चाहाने पर्यटकका लागि दाङ उत्कृष्ट गन्तव्य भएको पर्यटनसंग सम्बद्धहरु बताउछन् । प्रागऐतिहासिक होस या सांस्कृतिक गन्तव्यको लागि दाङ उचित गन्तव्य मानिन्छ । तर सांस्कृतिक पर्यटनको गन्तव्यको विकास हुुन भने सकेको छैन । सांस्कृतिक पर्यटकीय हिसाबले उचित गन्तव्य भएपनि यथोचित ध्यान पुुग्न नसक्ता यहाँको पर्यटन प्रवद्र्धन हुुन नसकेको स्थानीय थारु सामाजिक कार्यकर्ता सुुष्मा थारुले बताउनुभयो । थारु संस्कृतिलाई प्रवद्र्धन गर्न कतै संग्राहलय कतै थारुग्राम नामाकरण गरेपनि सबै कुुरैमा सिमित भएको उहाँको जिकिर छ ।

थारु सस्कृतिका बारेमा नेपालीहरु त परिचित छन् नै विगत केहि वर्षदेखि थारु सस्कृतिका वारेमा विदेशीहरु विद्यावारिधिका लागि दाङ आउने गरेका छन् । स्वदेशी तथा विदेशी पर्यटकका लागि अध्ययन अनुुसन्धानको रुपमा दाङमा विकास गर्न सकिन्छ भन्ने बलियो प्रमाण हो । यतिमात्र होइन थारुग्राममा थारु सांस्कृतिक मनोरन्जन दिन सकिन्छ पर्यटकलाई तर पर्यटन वर्ष २०११ तिरैबाट दाङमा सौडियारको सिसहनीयामा थारुग्राम बनाउने अभियान शुुरु गरिए पनि त्यो भने त्यतिमै सिमित भएको छ । त्यसका लागि दाङमा होमस्टे संचालन गर्नका लागि सिसहनीयामा थारुग्राम र गढवामा अवधिग्राम र लक्ष्मीपुुरमा मगरग्रामको कार्यक्रम सारिएको छ, त्यो पनि कागजमै सिमित भइरहेको छ ।

संस्कृतिको प्रवद्र्धनसँगै पर्यटनको विकास गर्न दाङमा घरबास कार्यक्रम संचालनको अभ्यास सुुचारु गरिए पनि गतिहिन बन्दै छ । त्यसका लागि जिविसले पहल पनि गरेको हो, तर सामान्य पूूर्वाधार र अवलोकन भ्रमण गराए पनि पूूर्ण भने हुुन सकेको छैन । शुुभारम्भको संकेत जस्तो देखिए पनि तीन वर्षको अवधिमा जहाँको तहिँ अडिरहेको छ दाङको ग्रामीणको पर्यटन अभ्यास । केही पूूर्वाधारमा जिविस दाङले लगानी गरे पनि हात्तीको मुुखमा जिरा भने जस्तै त्यसको खासै परिणाम देखिन सकेको छैन । यसको मुुल कारण पर्यटन बोर्ड जस्ता निकायहरुको ध्यान पुुग्न नसक्नुु र स्थानीय तहमा पनि यसको महत्वलाई बुुझ्न र बुुझाउन नसक्नुु नै हो । पर्यटनका हल्ला चलाइए पनि पर्यटन शिक्षा पूूर्वाधार आदिमा अप्रयाप्त हुुदाँ सांस्कृतिक पर्यटन प्रवद्र्धन हुुन नसकेको पत्रकार सन्तोष दहित बताउनुहुन्छ । कुुरा मात्र ठूूला ठूूला गरिने तर व्यवहारमा ठोस काम नहँुुदा थारुग्रामको कार्यक्रम शिथिल बन्दै गएको उहाँको दावी छ ।

उता थारु संस्कृतिको जगेर्नामा विगत २५ वर्षदेखि लागेका अशोक थारु दाङ सांस्कृतिक पर्यटनको उचित गन्तव्य भएको दावी गर्नुहुन्छ । राज्यको सांस्कृतिक संरक्षण नीति २०६७ ले सम्बोधन गरेपनि यसको संरक्षण सम्वद्र्धन र प्रवद्र्धनमा कम महत्व भएको उहाँको धारणा छ । थारु भन्नुहुन्छ, ‘थारु संस्कृतिलाई स्वयं थारुहरुले नै संरक्षण गर्न नसक्नुु दुुखद पक्ष हो, आफ्नै भाषा संस्कृतिलाई जोगाउन नसक्ने थारुहरुले राज्यलाई दोष दिएर मात्र पनि सार्थक हुँदैन ।’ उहाँका अनुसार राज्यले नीति बनाउने र आवस्यक बजेटको व्यवस्था गर्न सके सांस्कृतिक पर्यटनमा विकास गर्न सकिन्छ ।
राप्तीको पर्यटनको बहस गरिरहँदा दाङलाई किङ्डम अफ थारु कल्चरको नामले पनि विश्लेषण गरिन्छ । थारु संस्कृतिको राजधानीका नामले जति चर्चित छ, त्यति प्रवद्धैन गनै नसक्दा भने यो विश्लेषण कागज र गफ सीमित भएको छ । जसलाई बजारीकरण हुन नसक्ता सांस्कृतिक पर्यटनका आधारहरु हराउदै गएका छन् । त्यसैले सांस्कृतिक पर्यटनलाई प्रवद्र्धन गर्नतिर सबै जिम्मेवारहरुको ध्यान जान आवस्यक छ । कागजमा मात्र पर्यटनको कुुुराले पर्यटन प्रवद्र्धन हुुन सक्तैन ।


No comments:

Post a Comment